यात्रुसंग बढी भाडा असुल गर्ने थप २ जना कलंकीबाट पक्राउ


महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसंग बढि भाडा लिने थप दुईजनालाई कलंकी चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ घर भई कलंकी बस्ने ३५ वर्षका भीम बहादुर खड्का र रौतहट घर भई कलंकी खसीबजार बस्ने ५० वर्षिय बैजनाथ चौधरी रहेका छन् ।

बिहीबार महाशाखाबाट सादा पोशाकमा खटेको टोलीले कलंकी चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाण्डौ देखि झापा तथा मोरङ्को नियमित भाडा १ हजार रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म भए पनि उनीहरुले प्रति यात्रु २ हजार ५ सयका दरले भाडा उठाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए ।

त्यस्तै उपत्यकाको रिङ्रोडमा चल्ने बा ४ ख १९२५ नम्बरको पाथिभरा दर्शनको भाडा बसमा यात्रु लग्ने गरी टिकट काटेको पाइएको महाशाखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।