अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने समय थपियो


अरुण भ्याली हाइड्रोपावर कम्पनीले कोरोना भाइरसको कारण विषम परिस्थिति सिर्जना भएको भन्दै हकप्रदमा आवेदन दिने समय एक साता थप गरेको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले हकप्रदमा आवेदन दिने समय एक साता थप गर्दे जेठ २ गते सम्म पुर्याएको हो ।

कम्पनीले वैशाख ६ गते सोमबारदेखि ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको हकप्रद शेयरको बिक्री खुला गरेको थियो ।

कम्पनीले ५० प्रतिशत (एक बराबर नयाँ ०.५ कित्ता अनुपातमा) हकप्रद शेयर विद्यमान शेयरधनीका लागि बिक्री गरेको हो । यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गरेको हो ।

कम्पनीले निष्काशन गरेको हकप्रदमा आवेदन दिने अन्तिम समय बैशाख २६ गतेसम्म रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।