सुरज वैद्यको हुकुम डिष्ट्रव्युसन भन्छ : सरकारको सहुलियत खोप नआएको दोष हामीलाई लगाइयो


नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष एवं व्यवसायी सुरज वैद्य र उनको डिष्ट्रव्युसन कम्पनी “हुकुम” माथि लगाइएको आरोप गलत भएको भन्दै हुकुम डिष्ट्रव्युसनले आपत्ति जनाएको छ । अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन नेपालमा आयात तथा बिक्री गर्नका लागि नेपालको आधिकारिक बिक्रेता रहेको हुकुम डिष्ट्रीव्युसनले अरु खोप नेपाल नआउनुको कारक आफु हुन नसक्ने भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हवाला दिदै बिभिन्न सञ्चार माध्यममा भारतबाट आयत हुनुपर्ने कोभिड १९ रोग विरुद्धको भ्याक्सिन नेपाल स्थित आधिकारिक बिक्रेताका कारण हुन नसकेको भन्ने समाचार प्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ” हुकुम डिष्ट्रीव्युसनले भनेको भनेको छ ।

“अक्सफोर्ड, एक्स्ट्राजेनिकाको अनुसन्धान तथा सिरम इन्स्टिच्युटद्वारा उत्पादन गरिएको कोभिसिल्ड भ्याक्सिन नेपालमा आयात गर्न हामी हुकुम डिस्ट्रिब्युसन आधिकारिक बिक्रेता भएको भए पनि अहिले सम्म नेपालमा आयात भएको भ्याक्सिनमा हाम्रो आधिकारिक सहभागिता नरहेको स्पष्ट पार्न चाहन्छौँ” डिष्ट्रीव्युसनले भनेको छ ।

भारत सरकारका तर्फबाट नेपाललाई अनुदान स्वरुप पहिलो चरणमा १० लाख डोज कोभिसिल्ड प्राप्त भएको थियो । त्यसलगत्तै नेपाल सरकार र भारत सरकारका बिच २० लाख डोज भ्याक्सिन खरिद गर्ने सहमति भएको थियो । नेपाल सरकारको आग्रहमा भारत सरकारले २० लाख डोज विशेष सहुलियतमा नेपाललाई उपलब्ध गराउने सहमति भए पनि अहिले भारतमा कोरोना संक्रमणको अवस्था भयावह बनेको छ । जसका कारण भारतबाट २० लाख डोज मध्ये १० लाख भ्याक्सिन आपुर्ती हुन सकिरहेको छैन ।

भारतमा तिव्र रुपमा फैलिएको दोश्रो लहरको महामारी र सिरम इन्स्टिच्युटको कारखानामा आगलागी भएर उत्पादनमा आएको प्राविधिक समस्याका कारण भ्याक्सिन निर्यातमा असहजता आएको हुकुम डिष्ट्रीव्युसनको भनाई छ ।

यो अवस्थामा नेपालमा आयात हुन सम्भव नभएको तथ्यलाई नजरअन्दाज गर्दै विषयान्तर गर्न खोज्नु नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको उसको बुझाई छ । हुकुम डिष्ट्रिव्युटरले भनेको छ, – आम जनतामा भ्रम पर्ने गरि स्वास्थ्य मन्त्रालयको समेत प्रतिक्रिया समावेश गरि सार्वजनिक गरिएका समाचार प्रति हाम्रो भन्नु यत्ति छ : “२० लाख डोज भ्याक्सिन आयतको सहमति नेपाल र भारतका दुई सरकार बीचको सिधा संवादबाट भएको हो । आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन । बरु यसमा बुझ्नुपर्ने कुरा के छ भने : यस खरिदमा सरकारी वार्ता टोली र हाम्रा बिच भएको वार्ताबाट हामीले नियम सम्वत रुपमा पाउनुपर्ने सेवा शुल्क समेत महामारीका बेला नागरिक प्रतिको समाजिक उत्तरदायित्व महसुस गर्दै नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्रै लेखेर धन्यवाद ज्ञापन समेत गरेको सबैलाई विनम्र आग्रह गरिन्छ ।”

यद्धवी सिरम इन्स्टिच्युटको आधिकारिक बिक्रेता हुनुको नाताले हामीलाई जानकारी भएको विषय के हो भने “सम्झौता बमोजिमको दोश्रो लटको भ्याक्सिन आयात हुन नसक्नुको एउटा मात्रै कारण भारतमा सिर्जना भएको असहज परिस्थिति र उत्पादनमा आएको प्राविधिक समस्या मात्रै हो । यसको मारमा नेपालमात्रै होइन अग्रिम भुक्तानी गरिसकेका विश्वका दर्जनौ देशहरु पनि परिरहेको हामी सबैलाई जानकारी भएकै विषय हो” हुकुमले भनेको छ ।

“आयातमा सहजता आउने बित्तिकै सिरम इन्स्टीच्युटले नेपालमा सम्झौता बमोजिमको दोश्रो लटको भ्याक्सिन निर्यात गर्न पहिलो प्रथामिकतामा राखेको नेपाल स्थित आधिकारिक बिक्रेता भएको नाताले सबैलाई जानकारी गराउँदछौ । अन्तमा जनताको जिवन रक्षा आजको सबैभन्दा महत्वपूर्ण एजेण्डा हो । सोही आवश्यक्ता महसुश गर्दै हामीले समयमै भ्याक्सिन आयातका लागि सरकारका आधिकारिक निकाय समक्ष सबै प्रस्तावहरु पेश गरेको कुरा स्वयं स्वास्थ्य मन्त्रालयलाई जानकारी भएकै विषय हो ।

यदि हामीले लिएको अग्रसरता बमोजिम काम भएको भए सिंगो नेपाली जनतालाई यतिबेला भ्याक्सिन दिइसकिने समेत सम्बन्धित निकायलाई अवगत गराउन चाहन्छौ । यद्धवी फेरि पनि नागरिकको जिवन रक्षालाई पहिलो प्रथामिकतामा राख्दै भ्याक्सिन आयातका लागि हामी हाम्रो तर्फबाट सधै तत्पर रहेको जानकराी गराउँदै सोही बमोजिम सरकारी सयन्त्रहरुको हात पनि अघि बढोस भनि आग्रह गर्दछौ” हुकुक डिष्ट्रिव्युसनले भनेको छ ।