सुनचाँदी व्यवसायी ज्ञानु राज शाक्यको निधन


नेपालको सुनचाँदी ब्यवसाय क्षेत्रको धरोहरकारुपमा रहेका ब्यवसायी ज्ञानुराज शाक्यको शुक्रबार विहान निधन भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष एवं ललितपुर सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष शाक्यको उपचारका क्रममा ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको हो ।

विगत केही महिनायता मृगौला लगायतका विभिन्न रोगहरुवाट पिडित शाक्यको उपचारकै क्रममा शुक्रबार विहान करिव चार बजे निधन भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रवक्ता मनोज कुमार शाहले बताए ।

शाक्यको निधनले नेपालको सुनचाँदी ब्यवसायको क्षेत्रमा अपुरणिय क्षति पुगेको शाहले बताएका छन् ।

स्वर्गिय शाक्यले सुनचाँदी ब्यवसायी महासंघको विभिन्न पदमा रही लामो समयसम्म काम गरेका थिए । स्वर्गिय शाक्यको श्रीमति र एक छोरा छन् । पारिवारिक परम्परा अनुसार शाक्यको आजै दाहसंस्थार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

यसैवीच नेपाल सुनचाँदी व्यवसायी महासंघका कर्मचारी सुनिल श्रेष्ठको पनि असामयिक निधन भएको छ । श्रेष्ठको बुधबार साँझ आफ्नै निवास भक्तपुरमा अल्पायुमा निधन भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।