काठमाण्डौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष

0
Shares

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुख लगायतको सोमबार बसेको बैठकले कोरोना महामारीको दोस्रो चरण न्यून नभएसम्म काठमाडौंमा हालकै आदेशको निरन्तरता दिनुपर्ने निर्णय गरेको हो ।

काठमाण्डौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मंगलबार बैठक बसेर डीसीसीएसीले निकालेको निष्कर्षको आधारमा कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने तयारी गरेका छन् । मंगलबारको छलफलपछि समय तोकिने बताइएको छ ।

यसअघि जारी निषेधाज्ञा बैशाख २९ गते बुधबार राति १२ बजे समाप्त हुँदैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ वैशाख २०७८, सोमबार  १७ : २८ बजे