माथिल्लो तामाकोशीले जेठ दोस्रो साताबाट बिजुली बाल्ने, नोक्सानी पनि घट्यो

0
Shares

माथिल्लो तामाकोशी हाइड्रोपावरको निमार्ण कार्य अन्तिम चरणमा पुगसँगै नोक्सानी समेत घट्न थालेको छ । दोलखामा ४५६ मेगावाट क्षमताको आयोजना निमार्ण गरिरहेको आयोजनाले जेठको दोस्रो साताबाट विद्युत बाल्ने चरणमा छ ।

विद्युत उत्पादन सुरु नगरेको अपर तामाकोशी हाइड्रोपावर चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ४ करोड ४४ लाख नोक्सानीमा थियो ।

दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको कम्पनीको आयोजना सम्पन्न हुने अवस्थामा छ ।

आयोजनाले जेठको दोस्रो साताबाट पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र त्यसको ३ महिनाभित्रै ६ वटा युनिटबाट विद्युत उत्पादन गर्ने जनाएको छ ।

आयोजना निमार्णको अवधि र लागत बढ्दै जाँदा, निर्माण अवधिको ब्याज, डलर सटहीदर तथा भविष्यमा अन्यखर्चहरु बढ्ने तर बिजुली बिक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुग्ने कम्पनीको भनाई छ ।

आयोजनाले ०७७ कात्तिकदेखि बिजुली उत्पादन थाली ०७७ माघसम्म सम्पूर्ण निमार्णकार्य सक्ने लक्ष्य राखेको थियो । तर कोरोना महामाहारीका कारण विदेशी परामर्श नेपाल आउन भएको समस्या, ढुवानीमा भएको समस्या लगायतले निर्धारित समयमा आयोजना पुरा हुनेमा चुनौति देखिएको आयोजनाले जनाएको छ।

चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको ४० अर्ब ८ करोड रुपैयाँ दीर्घकालीन ऋण छ। कम्पनीले तेस्रो त्रैमाससम्ममा नेपाल विद्युत प्राधिकरणबाट १३ अर्ब दीर्घकालिन ऋण, यस्तै संस्थापक शेयरधनीहरु नेपाल टेलिकम, नागरिक लगानीकोष राष्ट्रिय बीमा संस्थानबाट यसअवधिमा १४ अर्ब बढी ऋण लिइसकेको छ । साथै विद्युत प्राधिकरणबाट २ अर्ब अल्पकालिन ऋण लिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३३ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९४ पैसा छ। आयोजनाको निमार्ण लगात बढ्दा बढ्दै ७० अर्ब पुगिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।