प्रभु बैंकलाई ४ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) ले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रभु बैंकले वैशाख ६ गते ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।

बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कान गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले जारी गर्ने कुल ४० लाख कित्ता ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने १० वर्ष अवधिको प्रभु बैंक डिबेन्चर , २०८७ मा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।