नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी, नेपाल खतराको सूचीमा


कोरोना संक्रमण तिब्र बन्दै गए पछि अमेरिकाले नेपाल भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ ।

सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले एडभारी जारी गर्दै नेपालमा कोरोना संक्रमणको जोखिम उच्च विन्दुमा पुगेकाले तत्काल नेपाल भ्रमण नगर्न भनेको हो ।

सबैभन्दा खतरा रहेको संदेश सहित लेभल ४ को एडभाइजरी जारी गर्दै सीडीसीले नेपालमा जारी राजनितिक अस्थिरताका कारण समस्या झनै भयावह हुन सक्ने संकेत समेत गरेको छ ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण दर उच्च हुँद गर्दा अमेरिकाले यस्तो एड्भाइजरी जारी गरेको हो । अमेरिकाले नेपालसहित कैयन देशका लागि पनि यस्तो प्रकारको एड्भाइजरी जारी गरेको छ ।

नेपालमा रहेका अमेरिकी नागरिकलाई दूतावासमा सम्पर्कमा आउन पनि एडभाईजरी मार्फत आग्रह गरिएको छ ।

अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा नेपालमा स्वास्थ्य पूर्वाधार अमेरिकाको जस्तो नभएको समेत उल्लेख छ ।

अमेरिकाले नेपालमा रहेका अमेरिकन कर्मचारीहरुका परिवार र गैर आपतकालिन कर्मचारीहरुलाई नेपाल छाड्न अनुमति दिएको छ । नेपालमा कोरोना संक्रमण दर दैनिक १० हजारको नजिक पुगेपछि अमेरिकाले स्वेच्छिक रुपमा नेपाल छाड्न चाहने गैर आपतकालिन कर्मचारीहरु र सबै कर्मचारीका परिवारलाई नेपाल छाड्न अनुमति दिएको हो ।

अन्तर्राष्ट्रिय उडान रोकिएको बेला नेपालबाट अमेरिका प्रस्थान गर्न चाहने अमेरिकन र ग्रिनकार्डवाहकहरुका लागि अमेरिकी दूतावास काठमाडौंले फर्म उपलब्ध गराएको छ । फर्म भरेको खण्डमा आफूहरुलाई को को व्यक्ति नेपालबाट प्रस्थान गर्न चाहन्छ भन्नेबारे बुझ्न सहयोग हुने र चार्टड उडान उपलब्ध हुनासाथ सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

दूतावासले अमेरिकी सरकारको पहलमा कुनै पनि उद्दार उडानको आयोजना नगरेको स्पष्ट पारेको छ । अहिलेको समयमा नेपालबाट कुनै चार्टड उडान प्रस्थान गर्नेबारे आफूहरुलाई सूचना नभएको र भविश्यमा हुने त्यस्ता उडानबारे आफूहरुलाई जानकारी प्राप्त हुनासाथ ती उडानहरुमा टिकट किन्नका लागि सुचनाहरु उपलब्ध गराउने दूतावासले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।