एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीका लागि प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले अन्य प्रचलित कानुनी व्यवस्थाको समेत पालना हुने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा वितरण गर्न बैशाख २८ गते मंगलबार स्वीकृती दिएको बैंकको कम्पनी सचिव श्याम बहादुर बोहोराले जानकारी दिए ।

बैंक सञ्चालक समितिको गत चैत्र २६ गते सम्पन्न बैठकले आव २०७६/०७७ को नाफाबाट चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ दशमलव ७२ रुपैयाँको १२ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरी राष्ट्र बैंकको स्वीकृतिका लागि पेश गरेको थियो ।

यस अनुसार बैंकले ९ करोड ७३ लाख ३४ लाख ५४६ दशमलव ९७ रुपैयाँ बराबरको बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ५१ लाख २२ हजार ८७० दशमलव ८९ रुपैयाँ बराबरको नगद लाभांश बाँड्नेछ ।

प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।