युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आवको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको भन्दा व्यापार तथा नाफामा उल्लेखीय सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी गत आवको यसै अवधिको कम्पनी ७ करोड ६३ लाख नोक्सानमा थियो।
समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर एक अर्ब ७३ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब ७ करोड आम्दानी गरेको थियो । कम्पनीको अन्य स्रोतबाट ८१ लाख आम्दानी गरेको छ । कम्पनीले यस अवधिमा एक अर्ब ३२ करोड कुल खर्च गरेको छ ।
९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३६ करोड रुपैयाँ छ । सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१ हजार ४३० रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी ५६९ रुपैयाँ, कम्पनीको प्रतिशेयर नेटवर्थ २ हजार ६६६ रहेको छ।
दोस्रो बजारमा पछिल्लो दुई दिनमा युनिलिभरको शेयरमूल्य उच्च दरमा बढेको छ । रिर्पोट सार्वजनिक गर्नु अगाडि एक्कासी शेयर मूल्यमा भएको बढोत्तरीले इन्साइडर ट्रेडिङ्ग भएको अनुमान गर्न सकिन्छ । बुधबार युनिलिभरको शेयर मूल्य सर्किट लेभलमा बढेको थियो भने मंगलबार पनि उच्चदरले बढेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया