प्राइम बैंकको बोनस शेयर पाउन ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने


प्राइम कमर्सियल बैंक (PCBL) ले वितरण गरेको बोनस शेयर केही लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ भने केहीको खातामा जम्मा हुन सकेको छैन ।

बैंकले गत आर्थिक वर्षको साधारण सभाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त बोनस शेयर बराबरको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता शेयर बैशाख २७ गते सोमबार नेप्सेमा सूचकरण भईसकेको छ ।

साविकको कैलाश विकास बैंकलाई विलय गरेको बैंकले कर छुटका कारण नगद लाभांश बितरण गरेको थिएन । विलय प्रस्ताव पारित गर्नु पहिले कायम शेयरधनीले भने बैंकको बोनस पाउन कर तिर्नु पर्ने छैन भने १२ औं साधारण सभाको बुकक्लोजभन्दा पछिका दिनमा शेयर किनेकाहरुले भने ५ प्रतिशत पूँजीगत लाभकर तिर्नु पर्नेछ ।

बैंकले २०७६ पुस २९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसका लागि बैंकले पुस २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरुले बैंकको १५ प्रतिशत बोनस पाउने छन् ।

बैंकले २०७६ पुस २५ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट कैलाश विकास बैंकलाई आफुमा विलय गराउने प्रस्ताव पारित गराएको थियो । उक्त साधारण सभा प्रयोजनका लागि बैंकले २०७६ पुस १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

उल्लेखित २ आर्थिक वर्षको साधारण सभाको बुकक्लोजको मध्य अवधि अर्थात २०७६ पुस १४ गतेदेखि २०७७ पुस १९ गतेसम्ममा प्राइम बैंकको शेयर किनेका शेयरधनीले अनिवार्य रुपमा ५ प्रतिशत पूँजीगत लाभकर तिरे पछि मात्र बोनस शेयर डिम्याट खातामा जम्मा हुनेछ ।

बैंकले कर वापतको रकम जम्मा गर्ने उपाय र बैंक खाता नम्बरको विबरण तयार भईनसकेको जनाएको छ ।

कोरोना संक्रमण तिब्र भए पछि जारी लकडाउनका कारण केही दिनमा मात्र उक्त विबरणहरु सार्वजनिक गरिने र सो पश्चात मात्र शेयरधनीहरुले कर वापतको रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

कोरोना संक्रमण जोखिमका कारण जारी लकडाउनका बेला बैंकले विद्युतीय माध्यमबाट कर वापतको रकम जम्मा गर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ ।

यस्तो विकल्प नदिएको खण्डमा धेरै लगानीकर्ताहरु कर वापतको रकम जम्मा गर्न बैंकमा पुग्नै पर्ने बाध्यतामा पर्ने छन् ।

बैंकको शेयर प्रबन्धक सिभिल क्यापिटल मार्केट्सले कर रकमको विबरण सार्वजनिक गरेको छ । यद्यपी उक्त विबरण लगानीकर्ताले पाउने बोनसको विबरणसँग मेल खाँदैन । लगानीकर्ताले प्रतिकित्ता ५ रुपैंयाका दरले बोनसमा पाउनु पर्ने शेयरको रकम तिर्नु पर्ने हुन्छ ।

सिभिल क्यापिटलले सार्वजनिक गरेको करको विबरण यहाँबाट हेर्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।