एनआइसी एशिया बैंकले आरएमडीसीको ४ लाख ५५ हजार कित्ता संस्थापक शेयर बेच्दै

0
Shares

एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर वैशाख ३० गते बिहीबारदेखि बिक्रीमा ल्याएको छ ।

बैंकले न्यूनतम मूल्य ४१६ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा उक्त शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो । यसअघि पनि बैंकले उक्त लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेकोमा सबै बिक्री नभएपछि पुनः लिलामीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले लिलामी शेयरका लागि बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।