पाँच तारे होटेल सोल्टी अब ‘दी सोल्टी काठमाण्डौं’, आइएचजी बाहिरिएपछि आफ्नै व्यवस्थापनमा

0
Shares

काठमाडौंको सुप्रसिद्ध पाँच तारे होटेल सोल्टीलाई ‘दी सोल्टी काठमाण्डौं’ को नाउँमा रि-ब्रान्डिंग गरिने भएको छ ।

सोल्टी होटेल र ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) सँगको व्यवस्थापन सम्झौता २०७८ बैशाख ३१ गते समाप्त भए पश्चात ‘दी सोल्टी काठमाण्डौं’ को रूपमा रि-ब्रान्डिंग गर्न लागिएको कम्पनीले जनाएको छ । यस होटेलको व्यवस्थापन तथा संचालन अब उपरान्त हस्पिटालीटी क्षेत्रमा ५४ वर्ष भन्दा बढीको अनुभव प्राप्त सोल्टी होटेल आफैले गर्ने भएको सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईले जानकारी दिए ।

सोल्टी होटल लिमिटेड नेपालको अग्रणी आतिथ्य सत्कार कम्पनी हो । “दी सोल्टी काठमाण्डौं” का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई शेफ काठमाण्डौ पनि रहेको छ जो नेपालको एक मात्र इन–फ्लाइट केटरिंग सेवा प्रदायक हो, यो अन्तराष्ट्रियस्तरको मापदण्डमा संचालित छ । साथै यस कम्पनीले आई एस ओ २२०००: २०१८ प्रमाणीकृत होराइजन लाउन्ज इक्जिक्युटिव लाउन्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा संचालन गरिरहेको छ ।

कम्पनीले नेपालगञ्जमा “सोल्टी वेष्टेण्ड प्रिमियर” पाँचतारे होटेल पनि स्थापित गरेको छ र उक्त होटेल सम्युक्त राज्य अमेरिकाको यु.एस. ग्रीन विल्डिङ्ग काउन्सीलबाट लिड (लिडरशिप इन इनर्जि एण्ड एन्वायरन्मेण्टल डिजाईन) प्रमाणीकृत नेपालको एकमात्र होटेल हो ।

काठमाडौं शहरको मुख्य केन्द्र ताहाचल क्षेत्रमा अवस्थित दी सोल्टी काठमाण्डौं होटेल बिक्रम सम्बत् २०२३ सालमा समुदघाटन भई शुभारम्भ गरिएको थियो । होटेल संचालन शुरु भएदेखिनै होटेलले अद्यावधि अविरल रुपमा नेपालमा आतिथ्य सत्कारको विशिष्टता, अत्याधुनिक सुविधा सम्पन्न आतिथ्यताको परिसूचक तथा पर्यायवाचीको रुपमा प्रतिष्ठित एवं शुविख्यात रहेकोछ ।

विगत बर्षौ देखि यो उत्कृष्ट होटेल, अतिविशिष्ट पाहुनाहरु, राष्ट्र प्रमुखहरु, लब्धप्रतिष्ठित विशिष्ट व्यक्तित्वहरू, शीर्ष प्रतिष्ठित उद्योगपतिहरु लगायत प्रतिष्ठित हस्तिहरुको काठमाडौं भ्रमणको अवसरमा बसाईको प्राथमिकतामा रही आतिथ्यसत्कार गर्ने सुअवसर प्राप्तभएबाट होटल गौरवान्वित रहेको जनाएको छ।

होटेल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुविधाजनक दुरी ८ किलोमिटर टाढा शहरको मुख्य केन्द्र र प्रमुख पर्यटकीय आकर्षण स्थलहरूबाट करिब ४ किलोमिटरको परिधिमा अवस्थित छ । लगभग बाह्र एकड जग्गामा सुन्दर हरियाली बागबगैंचा सहितको प्राकृतिक रमणीय वातावरणको दृश्यावलोकन युक्त, सुन्दर आकर्षक वास्तुकलाबाट सुशोभित यस पाँच– तारे होटेलमा अत्याधुनिक सुबिधा सम्पन्न आरामदायी, उच्चस्तरको, मनमोहक ढंगबाट सुसज्जित गरिएका २८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइटहरू रहेका चापागाईले जानकारी दिए ।

यसका अतिरिक्त, नेपालमा सुसम्पन्न भएको प्रथम सार्क शिखर सम्मेलनको आयोजना गर्नुपूर्व सो सम्मेलनका लागि विशेष रुपमा डिजाइन गरी निर्माण गरिएका सातवटा वैभवपूर्ण राजकीय सुइटहरू समे त यस होटेलमा रहेका छन् । होटेल भित्र अत्यन्त सुविधा सम्पन्न विशिष्ट क्लब फ्लोर तथा क्लब लाउन्ज जस्ता सुविधायुक्त उत्कृष्ट कक्षहरूको कारण विचारशील प्रबुद्ध कर्पोरेट अतिथि पाहुनाहरूको लागि समेत बसाईको पहिलो छनौटमा यो होटेल पर्ने गरेको छ ।

अतिथि पाहुनाहरुको लागि तीन विशिष्ट रेस्टुरा“ सहित, होटेलले पाक विशेषज्ञ सेफहरूबाट तयार पारीएका क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरका उत्कृष्ट र स्वादिष्ट भोजनहरु खानाको परिकारका पारखीहरुलाई विशिष्टता सहितको स्वादको अनुभव प्रदान गर्ने होटलले जनाएको छ । होटेलमा विशिष्ट श्रेणीका रेस्टुराँहरु, चिनीया खानाको परिकार पस्कने बाओ स्वान रेस्टुराँ, भारतीय खानाको परिकार पस्कने काकोरी रेस्टुराँ, इटालियाली खानाको परिकार पस्कने अल्फ्रेस्को रेस्टुराँ तथा दिनभरी नै बहु–व्यंजन पस्कने आँल डे डाइन गार्डन टेरेस रेस्टुराँं रहेका छन् ।

“दी सोल्टी काठमाण्डौं” मा सभा समारोह तथा बैठकहरुका लागि निर्मित विशिष्ट तथा पृथक–पृथक क्षेत्रमा अवस्थित अत्याधुनिक सुविधा सम्पन्न दशवटा बैठक तथा सभा सम्मेलन कक्षहरु रहेकाछन् जसमा लगभग दुई हजार जना भित्र र तीन हजार जना बाहिर समायोजन गर्न सक्ने क्षमताको पर्याप्त ठाउँ रहेको छ ।

यो होटेल काठमाडौं शहरमा फुर्सतमा गरिने सबै किसिमका मनोरञ्जनात्मक कार्य, व्यावसायीक भेटघाट बैठकहरू, सभा सम्मेलनहरु, प्रीतिभोजहरू तथा सामाजिक कार्यक्रमहरूको लागि सदैव सर्वोत्तम गन्तव्य रहेको छ । यस होटलमा अवस्थित ट्रैंगक्विलिटी स्पाले पाहुनाहरूलाई पचास भन्दा बढी बिधामा स्वास्थ्य सम्बन्धि तन्दुरुस्ती प्रदान गर्ने वेलनेस अनुभवका व्यायाम तथा प्राकृतिक उपचारमा आधारित सेवाहरुको स्वर्णीम सेवानुभुति प्रदान गर्दछ ।

“दी सोल्टी काठमाण्डौं” होटेलमा उत्कृष्ट प्रीमियम रात्रि क्लब प्रिभे रहेको छ तथा यहाँ नेपालको पहिलो तथा शहरकै सर्वोत्कृष्ट अत्याधुनिक सुबिधा सम्पन्न सबै भन्दा ठूलो क्यासिनो समेत छ । अतिथि पाहु्नाहरूले यस होटेलमा रहेका अन्य प्रमुख सुविधाहरूमा सुन्दर मनमोहक खुल्ला बाह्य स्वीमिंग पूल, सुविधा सम्पन्न टेनिस कोर्ट, तथा यस्तै अन्य मनोरञ्जनात्मक सुविधाहरू समावेश छन् जसको चयन गरी अतिथिहरु तनावरहीत निशान्त बातावरणीय अनुवभुतिका साथ उपलब्ध सेवा सुविधाहरुको समुचित प्रयोग गर्न सक्दछन् ।

‘दी सोल्टी काठमाण्डौं” नेपालको लक्जरी आतिथ्य सत्कारको प्रतीक रहेको छ । यसले अतिथि पाहुनाहरुलाई आतिथ्यता सेवासत्कारको अद्वितीय अनुपम अनुभ्ति प्रदान गर्दै आएको छ । हामी हाम्रो यात्राको यस नयाँ अध्यायको शुभारम्भ गर्नका लागि तमतयारी र तत्परताका साथ लाग्न उत्साहित हँुदै आतिथ्य सेवा सत्कारका सबै अन्तर्राष्ट्रिय मानक मान्यता तथा मापदण्डहरूको पालन गर्दै उत्कृष्ट अभ्यास गर्ने प्रतिवद्धताका साथ अतिथि पाहुनाहरूको अपेक्षाहरूलाई उछिन्दै

सर्वोत्कृष्टताको कसीमा खरो सबित हुनेछौं तथा हाम्रो होटेलका उत्पादनहरू र सेवाहरूको स्तरोन्नती तथा अभिवृद्धि गर्दै विगत भन्दा पनि अझ बढी उदाहरणीय तथा अतुलनीय बनाउदै आफ्नो विरासतमा प्राप्त ख्यातीलाई अभिवृद्धि गर्न प्रतिबद्ध छौं र यसमा कुनै कसर बाँकी राख्ने छैनौं । यस घडीमा हामी आतिथ्यसेवा प्रति अत्यन्त उत्साहित समेत भएका छौं । होटलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।