मुद्दती निक्षेप नविकरण इमेल मार्फत नै हुने, निषेधाज्ञापछि पनि एक सातासम्म पुर्ववत दर कायम रहने


बैंकहरुमा मुद्दती निक्षेपमा लगानी गर्ने ग्राहकको निक्षेप परिपक्क भएको खण्डमा सम्बन्धित संस्थालाई इमेल गरेको खण्डमा नै नविकरण हुने भएको छ । कोरोनाका कारण निक्षेपकर्ता बैंकसम्म पुग्न पनि उच्च जोखिम रहेको हुनाले बैंकहरुले इमेल मार्फत नबिरण हुने व्यवस्था गरेको हो ।

नेपाल बैंकर्स संघले निर्णय गर्दै सबै सदस्या बैंक तथा ग्राहकलाई कोरोना संक्रमण उच्च दरमा बढेपछि डिजिटल बैंकिङलाई जोड दिन अनुरोध गरेको हो । संघले गरेको निर्णय अनुसार कुनै कारणबस इमेल पनि गर्न नसक्ने अवस्थामा निषेधाज्ञा समाप्त भएको एक सातासम्म पुर्ववत प्रतिफल वा ब्याजदर निक्षेपकर्ताले पाउने छन् ।

संघले कोभिडको दोस्रो लहर बढेसंगै मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न अनुरोध गरेको छ । साथै, सामान खरिद गर्दाका वखत समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार गर्न समेतले संघले अनुरोध गरेको छ ।

बैंकिङ्ग कारोवार वा बैंकसंग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेवसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध हुने संघले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।