एक लाख ९१ हजार नगद सहित ठमेलबाट चार जुवाडे पक्राउ


नेपाल प्रहरीले १ लाख ९१ हजार १५० रुपैयाँ सहित चार जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाण्डौं ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा बालाजु बस्ने धादिङका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत चार जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो उक्त नगद र पाँच बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको वृतले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ जेठ २०७८, बुधबार १३ : ४७ बजे