होम डेलिभरी सेवालाई नरोक्न कम्प्युटर एशोसिएसनको आग्रह


क्यान महासंघले सरकार र सरोकारबालाहरु सबैलाई सकेसम्म अधिकतमरुपमा सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ ।

कम्प्युटर व्यवसायीहरुको छाता संगठनले आज प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह गरेको हो ।

नेपालमा कोरोना संक्रमणको महामारी र यसको संक्रमण दर तिब्ररुपमा वढिरहेको सन्दर्भमा हाल देशका ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा रहेकोमा यसको कार्यान्वयनको प्रभावकारीता र अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनमा देखिएका समस्या तर्फ क्यान महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

‘हाल संचालनमा रहेको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (Health Management Information System – HMIS) मा सुचना दैनिक अद्यावधिक गर्ने ब्यवस्थालाई परिवर्तन गरि कम्तिमा प्रत्येक घण्टा अद्यावधिक गर्ने र सोहि बमोजिमको वास्तविक सुचनालाई वास्तविक समयमा सेवाग्राहीलाई दिन सकिने बनाउनका निम्ति प्रशासनिक र प्राविधिक ब्यबस्थापनका निम्ति नेपाल सरकार तथा सम्बन्धित सरोकारवाहरुलाई क्यान महासंघ ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तीमा भनिएको छ ।

यसका साथै अस्पताल र स्वास्थ्य प्रणालीको प्रभावकारी व्यवस्थापनका निम्ति सुचना प्रविधिको अधिकतम प्रयोगका निम्ति महासंघले नेपाल सरकार र सम्बन्धित निकायहरुसंग अनुरोध गरेको छ ।

महासंघले सरकारसँग सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पार्न माग गरेको छ । सुचना तथा संचार प्रविधि क्षेत्रसँग सम्बन्धित सबै क्षेत्रहरु सञ्चालनमा रहेको तर सो सँग सम्बन्धित सामाग्रीहरु आवश्यक पर्ने कम्प्यूटर तथा मोवाइलका बिक्री बितरण तथा मर्मत सेवा बन्द रहेको र त्यसले भविश्यमा समस्या ल्याउन सक्ने चेतावनी समेत दिएको छ ।

यस बाहेक होम डेलिभरी र इकमर्स सेवालाई सुचारु गराउन तथा नगद कारोबार रोकि डिजिटल कारोबारलाई बढावा दिन समेत आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।