राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा साढे ६४ करोड रुपैयाँ लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा गरी कुल ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न लागेको जनाएको छ ।

बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको रहेको उक्त रकम १ वर्षे अवधिका लागि मुद्दती तथा कल निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती तथा कल निक्षेपमा लागानी गरिने उल्लेख छ । आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाइ बैंक तथा वित्तीय संस्थाले आवेदन दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले केन्द्रीय बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले लगानीका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाई जेठ ११ गते बेलुका ४ बजेसम्म नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग बालुवाटारमा आवेदन दिन आह्वान गरिएको छ ।

बैंकको निक्षेप स्वीकार गर्नका लागि केही शर्त लागू गरिएका छन् । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको, न्यूनतम पूँजीकोष कायम भएको हुनुपर्ने, खराब कर्जा कुल कर्जा सापटको ५ प्रतिशत वा सोभन्दा बढी नरहेको हुनुपर्ने उल्लेख छ ।

यसैगरी निक्षेप स्वीकार गर्ने संस्थाको कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको र रियल स्टेट कर्जा सीमा क्षेत्रभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन नाफामा रहेको, सम्बन्धीत संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई कुनै कारवाही गरेको अवस्थामा त्यस्तो व्यक्ति संस्थामा नरहेको हुनुपर्ने लगायतको शर्त राखिको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।