मंगलबारको बजारमा कमाउने र गुमाउने ‘टप टेन’ कम्पनी यस्ता

0
Shares

मंगलबार नेप्से सूचक ६.५० अंकले घटेर २ हजार ८१६.५६ अंकमा बन्द भएको छ । ऋणात्मक भएर बन्द भएको आजको बजारमा ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा बढेर कारोबार भएको छ भने शेयरमूल्य घट्ने कम्पनीको ५ प्रतिशतभन्दा कमले मात्र कूल्य घटेको छ ।

शीर्ष कमाउने दश कम्पनी

मंगलबारको बजारमा बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशत, माउन्टेन हाइड्रोपावर नेपालको ९.८६, यूनिभर्सल पावर कम्पनीको ९.८४ र घलेम्दी हाइड्रोपावरको ९.७८ प्रतिशतले बढेको छ ।

यसैगरी दिब्यश्वरी हाइड्रोपावर ८.९२, साधना लघुवित्त वित्तीय संस्था ८.३९, आँखुखोला जलविधुत कम्पनी ८.१८, अरुण कावेली पावर कम्पनी ७.९५, गुँरास लाइफ इन्स्योरेन्स कम्पनी ७.७८ र राधी विधुत कम्पनीको शेयरमूल्य ७.०७ प्रतिशतले उकालो लागेका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-05-25 15:00:00
BARUN 486.00 44.00 9.95
MHNL 379.00 34.00 9.86
UPCL 279.00 25.00 9.84
GHL 247.00 22.00 9.78
DHPL 232.00 19.00 8.92
SDLBSL 1,899.00 147.00 8.39
AKJCL 238.00 18.00 8.18
AKPL 421.00 31.00 7.95
GLICL 873.00 63.00 7.78
RADHI 969.00 64.00 7.07

शीर्ष गुमाउने दश कम्पनी

आजको बजारबाट मल्टीपपर्स फाइनान्स कम्पनीको शेयरधनीले सबैभन्दा धेरै ३.२२ प्रतिशतले गुमाएका छन् ।

यसैगरी मितेरी डेभलपमेनट बैंक २.७० प्रतिशत, नेपाल फाइनान्स २.६२, सेन्चुरी कमर्सियल बैंक २.५५, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक २.४५, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी २.३८, लुम्बिनी विकास बैंक २.३७, जानकी फाइनान्स २.२९, सांग्रिला डेभलपमेनट बैंक २.२८ र सिभिल बैंकको मूल्य २.२० प्रतिशतले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-05-25 15:00:00
MPFL 301.00 -10.00 -3.22
MDB 469.00 -13.00 -2.70
NFS 409.00 -11.00 -2.62
SADBL 299.00 -8.00 -2.61
CCBL 267.00 -7.00 -2.55
SHINE 319.00 -8.00 -2.45
HIDCL 574.00 -14.00 -2.38
LBBL 329.00 -8.00 -2.37
JFL 341.00 -8.00 -2.29
CBL 267.00 -6.00 -2.20

मंगलबार २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर १ लाख १२ हजार १४८ संख्यामा कारोबार हुादा कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ पुगेको छ । कारोबारमा आएका १३ मध्ये ६ वटा सकारात्मक हुँदा ७ वटा समुहको सूचक ऋणात्मक रह्यो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।