प्रहरीद्धारा ८१ हजार नगद सहित ७ जुवाडे पक्राउ

प्रहरीद्धारा ८१ हजार नगद सहित ७ जुवाडे पक्राउ

नेपाल प्रहरीले ८१ हजार ५०० रुपैयाँ नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले जनकपुर उपमहानगरपालिका–११ बस्ने रामजतन मण्डलको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय राम सोगारथ यादव लगायत ७ जनालाई बुधबार राति पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त नगद र तास सहित पक्राउ गरेको प्रहरी चौकी जनकपुरधामले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ जेठ २०७८, बिहीबार १४ : १० बजे