विद्युतीय भुक्तानी गर्नेले कर छुट वापत १० प्रतिशत रकम तत्काल फिर्ता पाउने


सरकारले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय माध्यमबाट भुक्तानी गर्नेहरुले पाउने कर छुट वापतको रकम तत्काल फिर्ता गरिने बताएका छन् ।

क्यू आर, डेबिट कार्ड तथा क्रेडिट कार्ड लगायत अन्य विद्युतीय माध्यमबाट सेवाग्राहीले वस्तु तथा सेवाको महसुल भुक्तानी गर्दा कर रकममा १० प्रतिशत छुट पाउने र कारोबार भएलगत्तै त्यस्तो रकम सेवाग्राहीले फिर्ता पाउने उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।