राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र जेठ २५ गतेदेखि बिक्रीमा आउने 

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ।
 
बैंकले ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। 
 
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। 
 
सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई तथा बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले जनाएको छ।
 
सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ २८ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ हजार रुपैयाँ अर्थात २५ कित्तादेखि अधिकतम २५ करोड रुपैयाँ अर्थात २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
 
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।