एनआईसी एशिया लघुवित्तका ऋणीले वैशाखमा लिए १५ लाख बढी ब्याज छुट

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना सेवाग्राहीहरुलाई २०७८ बैशाख महिनामा १५ लाख १८ हजार २०२ रुपैयाँ ४७ पैसा छुट प्रदान गरेकोे छ । संस्थाले ४ हजार ६७६ ऋणीलाई उक्त रकम बराबरको ब्याज छुट उपलब्ध गराएको जनाएको छ ।

आफ्ना सेवाग्राहीहरुलाई २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएको संस्थाले जर्नाएको छ । साथै, यस योजनामा सहभागी भए वापत ग्राहकहरुले ब्याजमा जम्मा १५ लाख १८ हजार २०२ रुपैयाँ ४७ पैसा छुट पाएको जनाएको छ । ब्याज छुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको पनि लघुवित्तले जनाएको छ ।

संस्थाले मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेकोे छ ।

गत त्रयमासको अन्त्य (चैत्र, २०७७) सम्ममा वित्तीय संस्थाले कुल १,३५,१९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । छोटो अवधिमै राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने निति तय गरी अघि बढिरहेको छ ।

संस्थाले समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।