केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद् पुनर्गठन, कसलाई कुन मन्त्रालय ?

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । ओलीले एमालेका चार मन्त्रीलाई निरन्तरता र केही थप गरी जनता समाजवादी पार्टी विस्तार गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित १७ सदस्यीय भएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन्। विस्तारित मन्त्रीमण्डलमा उपप्रधानमन्त्री सहित राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी संघीय सरकारमा सामेल भएका छन् भने रघुवीर महासेठ र विष्णु पौडेलले पनि उपप्रधानमन्त्री पाएका छन् ।

ओली सरकारमा समाजवादी पार्टीका तर्फबाट उपप्रधान सहित राजेन्द्र महतोले शहरी विकास मन्त्रालय सम्हाल्ेका छन् । यसैगरी उर्जा जलस्रोत तथा सिँचाइमा शरतसिंह भण्डारी र श्रम तथा रोजगारमा विमल श्रीवास्तव, भूमि व्यवस्था तथा सहकारीमा लक्ष्मणलाल कर्ण, खानेपानी मन्त्रालयमा अनिल झा, महिला बालबालिका मन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्रालयमा एकवाल मियाँ र वन तथा वातावरण मन्त्रालयमा उमाशंकर अरगरियाले मन्त्री पदेको शपथ लिएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी ऊर्जा र रेनुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री भएकी छिन् ।

यसैगरी एमालबोट सरकारमा सहभागि रहेका चार जना बाहेक सबै हेरफेर भएको छ । अर्थमन्त्री बिष्णु पौडेल, रघुवीर महासेठले उपप्रधानमन्त्रीको शपथ लिएका छन् ।

रक्षा, गृह, सञ्चार, सामान्य प्रशासन, पर्यटन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी ७ वटा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैँसँग राखेका छन् ।

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीहरू तथा नवनियुक्त माननीय मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।  साथै, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसमक्ष नवनियुक्त माननीय राज्यमन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको नेतृत्वमा मिति २०७८ बैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

यस्तो छ विस्तारित मन्त्रिपरिषद्को कार्यविभाजन:-

  1. प्रधानमन्त्री केपी शर्मा ओलीः रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
  2. विष्णु पौडेल: उपप्रधानमन्त्री, अर्थ
  3. रघुवीर महासेठः उपप्रधानमन्त्री, परराष्ट्र
  4. राजेन्द्र महतो: उपप्रधानमन्त्री, शहरी विकास
  5. शेरबहादुर तामाङः स्वास्थ्यमन्त्री
  6. कृष्णगोपाल श्रेष्ठः मन्त्री, शिक्षा
  7. बसन्तकुमार नेम्वाङः मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  8. लीलानाथ श्रेष्ठः मन्त्री, कानून न्याय तथा संसदीय मामिला
  9. शरतसिंह भण्डारीः मन्त्री, ऊर्जा
  10. अनिल झाः मन्त्री, खानेपानी तथा सरसफाई
  11. विमल श्रीवास्तवः श्रम तथा रोजगार
  12. उमाशंकर अरगरियाः मन्त्री, वन तथा वातावरण
  13. लक्ष्मणलाल कर्णः मन्त्री, भूमि व्यवस्था
  14. चन्दा चौधरीः मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
  15. एकवाल मियाँः मन्त्री, युवा तथा खेलकुद
  16. चन्द्रकान्त चौधरीः राज्यमन्त्री, ऊर्जा
  17. रेणुका गुरुङः राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

को-को बाहिरिए ?

मन्त्रिपरिषदबाट एमालेका १३ जना बाहिरिएका छन् । महासचिव ईश्वर पोखरेल सहित ९ मन्त्री र तीन राज्यमन्त्री विदा भएका हुन् ।

  1. ईश्वर पोखरेलः उपप्रधानमन्त्री
  2. प्रदीप ज्ञवालीः परराष्ट्रमन्त्री
  3. पार्वत गुरुङः सञ्चारमन्त्री
  4. हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंख्यामन्त्री
  5. भानुभक्त ढकालः संस्कृति पर्यटन तथा नागरिक उडयानमन्त्री ,
  6. पद्‍माकुमारी अर्यालः कृषि तथा पशुपक्षी विकासमन्त्री
  7. डा. शिवमाया तुम्बाहाम्फेः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री
  8. गणेश गठुन्नाः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
  9. प्रेमबहादुर आलेः वन तथा वातावरणमन्त्री
  10. जुलीकुमारी महतोः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
  11. नवराज राउतः स्वास्थ्य राज्यमन्त्री
  12. रामवीर मानन्धरः सहरी विकास राज्यमन्त्री
  13. विमला विकः उद्योग राज्यमन्त्री

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।