बजेटले सम्पत्ति अभिलेखीकरण र सार्वजनिक खरिद ऐनमा अपेक्षित सम्बोधन गरेन : महासंघ अध्यक्ष गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको बजेट कार्यान्वयन सम्बन्धि अन्तरकृयामा महासंघ अध्यक्ष गोल्छाले नीजि तथा सरकारी वा अन्य सबै क्षेत्रको सम्पत्तीको अभिलेखीकरणमा पहल नभएको बताएका हुन् ।

समग्रमा बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयनमा विश्वस्त बनाउने अवस्थाको अपेक्षा गरेको बताएका गोल्छाले विकास निर्माण र आर्थिक क्षेत्रको सुधारमा समस्याको रुपमा देखिएका सम्पत्ति अभिलेखीकरण सहितका केही विषय नसमेटिएकोमा चासो देखाएका छन् ।

महासंघले यस अघिदेखि नै उठान गर्दै आएको सम्पत्तीको अभिलेखीकरणसँगै राजस्व न्यायिकरणको सिद्धान्त र सार्वजनिक खरिद ऐनको झण्झटीलो प्रावधान सुधार गर्नबाट बजेट चुकेको उनको भनाई थियो ।

व्यवसायिक सहजीकरण र आर्थिक रुपान्तरणसँगै मुलुकको दिगो विकास निर्माणका लागि यस्ता विषय महत्वपुणर् हुने भए पनि सरकारले त्यसलाई प्राथमिकतामा नराखेको उनको भनाई छ । आगामी आर्थिक वर्षको मौद्रीक नीति मार्फत केही विषयमा अपेक्षा गरिएको उनले बताए ।

बजेटका सम्बन्धमा गोल्छा के भन्छन् ? भिडियो सामग्री ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।