धितोपत्र बोर्डको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई


नेपाल धितोपत्र बोर्डले यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई दिने निर्णय गरेको छ ।

बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नाफिजलाई उक्त अवार्ड वितरण गर्ने घोषणा गरेका हुन् ।

पूँजीबजारको विकास तथा सुधार, लेख रचना प्रशारण, छलफल अन्तर्क्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार दिने निर्णय गरेको उनले बताए ।

नाफिजलाई ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने बोर्डले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।