नेपालको आर्थिक वृद्धिदर २.७% रहने विश्व बैंकको प्रक्षेषण

0
Shares

विश्व बैंकले सन् २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने अनुमान गरेको छ ।
 
यसअघि गत जनवरीमा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ० दशमलव ६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको थियो । तर, विश्व बैंकले त्यसवेलाको प्रक्षेपणलाई परिमार्जन गरी २ दशमलव १ प्रतिशत बिन्दु थप गरेको छ । खासगरी चालू आर्थिक वर्षमा धानको उत्पादन राम्रो भएकाले आर्थिक वृद्धि केही सकारात्मक हुने विश्व बैंकको भनाइ छ । 
 
यो आर्थिक वृद्धिदर दक्षिण एसियाली मुलुकहरूमध्ये बङ्गलादेशको आर्थिक वृद्धिदर (३.६ प्रतिशत) पछिको सबभन्दा राम्रो वृद्धिदर हो ।
 
मङ्गलबार ग्लोबल इकोनोमिक प्रस्पेक्टस सार्वजनिक गर्दै विश्व बैङ्कले यो वर्ष पाकिस्तानको १.३ प्रतिशत तथा बाँकी दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण गरेको छ ।
 
अर्को वर्ष (२०२१/२२) मा भने नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान छ । यो आर्थिक वर्षमा भारतको ८.३ प्रतिशत, बङ्गलादेशको ५.१, भुटानको पाँच प्रतिशत र पाकिस्तानको दुई प्रतिशत रहने प्रक्षेपण बैङ्कको छ । 
 
यही समय माल्दिभ्सको साढे ११ प्रतिशत, अफगानिस्तानको २.६ प्रतिशत र श्रीलङ्काको दुई प्रतिशतको आर्थिक वृद्धिदर रहने विश्व बैङ्कले जनाएको छ ।
 
केन्द्रीय तथ्यांक विभागले भने चालू आर्थिक वर्ष ०७७/७८ मा आर्थिक वृद्धि ४ दशमलव ०१ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।  आगामी आर्थिक वर्ष ०७८/ ७९ का लागि गत जनवरीमा विश्व बैंकले २ दशमलव ५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
 
आर्थिक वर्ष ०७९/८० मा भने ५ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुन सक्ने अनुमान विश्व बैंकको छ । गत आर्थिक वर्ष ०७६/७८ मा देशको अर्थतन्त्र इतिहासकै कमजोर अर्थात् माइनस २ दशमलव १२ प्रतिशतमा झरेको थियो ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।