संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोरोना संक्रमणको महामारीका कारण महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको बताएकी छन् । कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवं बालबालिका पर्न थालेको मन्त्री चौधरीको भनाई छ ।

नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न नेतृत्वको भूमिका” विषयमा भर्चुअल अन्तरक्रिया गरेको थियो । उक्त अन्तरकृयामा बोल्दै मन्त्री चौधरीले महिलालाई व्यवसायमा फर्काउन लक्षित कार्यक्रम ल्याउनु पर्ने बताएकी छन् ।

मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलाहरूलाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको बताइन् । “महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ,” मन्त्री चौधरीले भनिन् ।

यस्तै महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको भन्दै अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताइन् । कोडिसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उनको भनाई थियो ।

परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष निर्वाण चौधरीको अध्यक्षतामा सम्पन्न अन्तरकृयामा युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन् । कोभिका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्नेम्ँ पौडेलले जोड दिइन् ।

परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष चौधरीले अहिले सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताउ । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै चौधरीले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताए ।

सिएनआई सिइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।

परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले विभिन्न विषयमा नियमितरूपमा नेतृत्वदायी भूमिकामा रहनुभएका व्यक्तिहरूसँग सिएनआई–सिइओ डाइलग सिरिज गर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।