सिभिल बैंकको सीइओमा सुनिल कुमार पोखरेल नियुक्त

0
Shares

सिभिल बैंक लिमिटेड (CBL) को प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको ३४५औं सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सीइओमा नियुक्त गरेको हो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सीइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीइओ रहेका पोखरेल नियुक्त भएका हुन् । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सीइओमा नियुक्ति लिएका थिए ।

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रीन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङ सम्बन्धी राम्रो ज्ञान भएको बैंकरका रुपमा लिने गरेका छन् ।

पोखरेलसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ । सीईओ पोखरेलको कार्यकालमै सिभिल बैंकमा यूनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।