एनएमबि बैंकको बचतमा वााणिज्य बैंकहरु मध्येकै सर्वाधिक ब्याज पाइने

0
Shares

एनएमबि बैंकले साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा उच्चतम ब्याजदर दिने भएको छ ।

एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्घेश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको ब्याजदर वााणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज भएको बैंकको दाबी छ ।

बैंकले मुद्दती निक्षेपमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल निषेधाज्ञा जारी रहेकाले बैंंकमा खाता खोल्न चाहने ग्राहकहरुले अनलाईनबाटै खाता खोल्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।