बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी साढे पाँच वर्षपछि पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी साढे पाँच वर्षपछि पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरा महर्जनलाई साढे पाँच वर्षपछि बिहीबार नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा सजाय सुनाएकोमा महर्जन २०७८ असार ३ गते पक्राउ परेका हुन् । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय फरार प्रतिवादी महर्जनलाई जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

महर्जनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार १३ : ४६ बजे