खुकुलो पार्दै उपत्यकामा एक साता निषेधाज्ञा थपियो, अब बार अनुसार व्यवसाय खोल्न पाइने

0
Shares


उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) हरुको बैठकले विद्यमान प्रावधानहरुमा खुकुलो बनाउँदै थप एक साता निषेधाज्ञाको अवधि थप गरेको छ । बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलका अनुसार आइतबार सम्पन्न बैठकले निजी सवारी साधान जोर विजोर प्रणाली मार्फत खुला गर्ने र बार अनुसार पसल खुला गर्नेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार आइतबार, मंगलबार र बिहीबार बिहीबार ११ देखि ४ बजेसम्म सुनचाँदी, भाँडाकुडा पसल, अटो मोबाइल्स, र विद्युतीय सामग्रीका पसल खोल्न दिइने भएको छ । ट्याक्सीमा तीन जना र कार, जिप, र भ्यानमा बढीमा चार जना मात्रै यात्रु राख्न पाइनेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।

त्यसैगरी सोमबार, बुधबार र शुक्रबार सपिङ मल, डिपार्टमेन्ट स्टोर, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल र खेलकुद सामग्रीका पसलहरु बिहान ११ बजेबाट अपरान्ह ४ बजेसम्म खुल्नेछन् ।

यस्तै खाद्यान्न, दूध, किताब पसलहरु बिहान ११ बजेसम्ममात्र र निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।

रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन् भने शनिबार अत्यावश्यक बाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ ।
सरकारी कार्यालय आलोपालो गरी खुला गर्नुपर्ने निर्णय भएको प्रजिअ पराजुलीले जानकारी दिए ।

बैठकले गरेको निर्णयको पूर्ण पाठ यहाँबाट हेर्नुहोस्

https://daokathmandu.moha.gov.np/public/upload/1402a3666bab255e6a3f07937faf522f/files/jpg2pdf_(9).pdf?fbclid=IwAR2p110BGX2zIqN2_hKuNGDOdjvg_b2COfFM9y-bIbBiMKHVBo6fXn1Pnx0

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।