जीवन विकास लघुवित्तको आईपिओमा १५ लाख बढीले गरे आवेदन

जीवन विकास लघुवित्तको आईपिओमा १५ लाख बढीले गरे आवेदन

जीवन विकास लघुवित्तको आइपीओमा आइतबार साँझसम्म १५ लाख १२ हजार ९४१ वटा आवेदन परेको छ ।

निष्काशित शेयरको तुलनामा लघुवित्तको शेयरमा साढे १२ गूणा बढी आवेदन परेको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा उल्लेखित संख्यामा शेयर आवेदन परेको हो । ५ बजेसम्म २ करोड ३० लाख ५४ हजार २६० कित्ता शेयर माग भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरमा १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरिरहेको छ । जस मध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा निष्काशन भएको हो । जस अनुसार सर्वसाधारणका लागि १८ लाख ४८ हजार १५ कित्ता शेयर निष्काशन भएको हो ।

लघुवित्तको शेयर असार १५ गतेसम्म निष्काशन हुनेछ । मेरो शेयरका साथै आस्वा सदस्य बैंक वित्तीय संस्थाबाट लघुवित्तको शेयरमा आवेदन दिन सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७८, आइतबार १८ : ०४ बजे