एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

0
Shares

नेपाल प्रहरीले मोरङको बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका–९ का २४ वर्षीय मो.ईम्तियाज रहेका छन् । प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको छ ।

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले ईम्तियाजलाई आइतबार राति पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेका छन् भने उनको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।