बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

0
Shares

नेपाल प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले अभियुक्त ठहर भएका रामेछाप खाँडाखेतीका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

महत गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्दै आएका थिए । महतलाई उच्च अदालत पाटनले १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कूल २० दिन कैद र ४८ लाख जरिवाना ठहर भएपछि फरार भएका थिए ।

फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।

महतले २०७६ सालमा आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसिसि बैंकमा रहेको निजको नामको खाताबाट पीडितहरूलाई ४८ लाख रुपैंया बराबरको चेक काटी दिएको थिए ।

उक्त कार्य बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय ठहर भएको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।