तीन ठूला बैंकको कल निक्षेप राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि

0
Shares

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३ बाणिज्य बैंकको कल निक्षेप नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै पुगेको छ । केन्द्रीय बैंकले कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशत भन्दा धेरै हुन नहुने भनेपनि केही ठूला बैंकले तोकिएभन्दा धेरै कल निक्षेप लिएका हुन् ।

राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कल निक्षेप लिनेमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७७ अनुसार वाणिज्य बैंकले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १० प्रतिशत तथा विकास बैंक र फाइनान्स कम्पनीका हकमा १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने व्यवस्था छ । तर, चालु आर्थिक वर्षको जेठसम्मको तथ्याङक हेर्दा नबिल बैंकले कुल निक्षेपमा सबैभन्दा धेरै १२।६९ प्रतिशत कल निक्षेप संकलन गरेको छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको कल निक्षेपमा कल निक्षेपको हिस्सा १२.३६ र सिद्धार्थ बैंकको कुल निक्षेपमा कल निक्षेपको अंश १०.२० प्रतिशत रहेको छ । कल निक्षेपको सीमा नाघेको अवस्थामा कस्तो कारबाही गर्ने भन्ने सन्दर्भमा भने केन्द्रीय बैंकले अहिलेसम्म पनि स्पष्ट व्यवस्था गर्न सकेको छैन ।

बैंकहरुले कोषको लागत कम गर्नका लागि कल निक्षेपको अंश बढाएका हुन् । जेठसम्ममा नबिल बैंकको कुल निक्षेप २ खर्ब २१ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको कल निक्षेप मात्र २८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । बैंकको कल निक्षेपमा रहेको रकम कुल निक्षेपको १२.६९ प्रतिशत हो ।

 

BANK

Call Deposit

 Rs in million

Total Deposit

 Rs in million

Call Deposit percent   
NABIL 28064 221215 12.69%  
NIBL 21559 174475 12.36%  
SBL 17580 172342 10.20%  
Kumari 14266 147430 9.68%  
EBL 14641 152441 9.60%  
NMB 14562 157024 9.27%  
Prabhu 14350 161379 8.89%  
Citizen 11538 131017 8.81%  
Global 22273 255262 8.73%  
Mega 12210 142415 8.57%  
BOK 8638 100976 8.55%  
NBL 12949 155760 8.31%  
Prime 11870 146969 8.08%  
NCC 7707 100482 7.67%  
Sanima 10050 131795 7.63%  
Laxmi 8541 114182 7.48%  
MBL 9455 127269 7.43%  
HBL 10467 141507 7.40%  
CBL 6296 88938 7.08%  
Sunrise 7048 103180 6.83%  
NIC 20415 303903 6.72%  
SCBNL 5817 87885 6.62%  
Century 5455 87051 6.27%  
ADBNL 8812 148641 5.93%  
NBBL 4744 81547 5.82%  
RBB 12777 250075 5.11%  
NSBI 5234 108731 4.81%  

 

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ कुल निक्षेप रहेको छ । सो मध्ये बैंकको कल निक्षेपमा २१ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यो रकम बैंकको कुल निक्षेपको १२.३६ प्रतिशत हो ।

यस अवधिमा सिद्धार्थ बैंकको कुल निक्षेप १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । सो निक्षेप मध्ये १७ अर्ब ५८ करोड रुपैयाँ कल निक्षेपमा हरेको छ । यो कल निक्षपको रकम कुल निक्षेपको १०.२० प्रतिशत हो ।

जेठमसान्तसम्ममा कुल निक्षेपमा सबैभन्दा थोरै हिस्सा कल निक्षेपको रहेको बैंकमा नेपाल एसबिआई बैंक रहेको छ । सो अवधिमा बैंकले १ खर्ब ०८ अर्ब ७३ करोड रुपैयाँ कुल निक्षेप संकलन गरेको छ । सो मध्ये कल निक्षेप ५ अर्ब २३ करोड रुपैयाँ मात्र रहेको छ । बैंकको कुल निक्षेपमा कल निक्षेपको हिस्सा ४.८१ प्रतिशत हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।