बाढी पहिरोबाट भएको क्षति वापत बीमा कम्पनीमा करीब २ अर्बको दाबी

0
Shares

वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षति वापत निर्जीवन बीमा कम्पनीमा करीब २ अर्बको माग दाबी परेको छ । २० वटा निर्जीवन बीमा कम्पनीमा कुल १ अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँको माग दाबी परेको बीमा समितिले जनाएको छ ।

बीमा कम्पनीहरुबाट संकलित तथ्यांकअनुसार अविरल वर्षा शुरु भएदेखि असार २३ गतेसम्म सम्पत्ति बीमा, मोटर बीमा, कृषि बीमा तथा पछुपन्छी बीमा, इञ्जिीनियरिङ् बीमा र अन्य विधि बीमा अन्र्तगत जम्मा ३३१ वटा बीमाको माग दाबी भएको हो।

निर्जीवन बीमा कम्पनीमा परेको कुल ३३१ दाबीमध्ये १४१ वटा सम्पति बीमाको ६९ करोड ३६ लाख, ३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख, ५ वटा सामुन्द्रिक बीमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशु पन्क्षी बीमाको २ करोड ३८ लाख र विविधतर्फ २ वटा बीमाको १ करोड ५५ लाख ५१ ह्जार रुपैयाँ माग दाबी परेको समितिले जनाएको छ ।

यस्तै, समितिको तथ्यांक अनुसार इन्जिनियरिङ बीमातर्फ क्षति भएका १०७ वटा निर्माणाधीन आयोजना बीमाको माग दाबी ९० करोड ७ लाख ३४ हजार, ८ वटा निर्माण सम्पन्न आयोजना बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वेपमेन्ट बीमाको ८ करोड ८४ लाख ३६ हजार र अन्य ६ वटा बीमाको १ करोड ५३ लाख ३ हजारको माग दाबी परेको छ । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।