युनियन लाइफको आईपीओ दोश्रो दिनसम्म २.९४ गुणाले ‘ओभर सब्सक्राइब’

युनियन लाइफको आईपीओ दोश्रो दिनसम्म २.९४ गुणाले ‘ओभर सब्सक्राइब’

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेबाट निष्काशन गरेको प्राथमिक निष्काशनमा दोश्रो दिन नै २.९४ गुणाले ‘ओभर सब्सक्राइब’भएको छ ।

इन्स्योरेन्सले निष्काशन गरेको कुल ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको छ ।

दोस्रो दिन अपरान्ह ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार १५ : ४५ बजे