माउण्ट रसुवा हाइड्रोमा लक्ष्मी बैंकले झण्डै ३ अर्ब कर्जा लगानी गर्ने

0
Shares

माउण्ट रसुवा हाइड्रोपावरमा लक्ष्मी बैंकले झण्डै ३ अर्ब कर्जा लगानी गर्ने भएको छ । बुधबार आयोजना र बैंकबीच कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको छ।

गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंकले २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गर्ने भएको हो ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी रहनेछ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल माघ ७ गते भएको थियो । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल कार्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ ।

माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. लाई रसुवा कन्स्ट्रकशन प्रा.लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेन्द्र राज आचार्य हुन् ।।

उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावर प्रा.लि. ले झण्डै ८३.१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना जुलाई २०, २०२३ मा संचालनमा आउनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।