श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्मा, आर्थिक अवस्थाको अध्ययन गर्ने


नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गर्ने बताएका छन् ।

पदभार सम्हाले पछि पहिलो पटक सिंह दरबारस्थित मन्त्रालयमा सञ्चारकर्मीहरुसँग भेट गर्दै श्वेतपत्र जारी गर्ने बताएका हुन् ।

कोरोना महामारीका कारण मुलुक असहज परिस्थितीबाट गुज्रि रहेको बताएका शर्माले समग्र आर्थिक अवस्थाको अध्ययन गरेर श्वेतपत्र जारी गर्ने बताए । अध्धयनको काम सुरु भइसकेको भन्दै उनले अध्ययन सकिए लगत्तै श्वेतपत्र जारी गर्ने बताए ।

यस अघिको सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटका सम्बन्धमा संसदमा छलफल गरेर अघि बढ्ने मन्त्री शर्माको भनाई थियो । पौडेलले ल्याएको बजेटलाई नै निरन्तरता दिने वा नयाँ प्रकृयामा जाने भन्ने सम्बन्धमा संसदले नै निष्कर्ष निकाल्ने बताएका उनले सबै पक्षलाई सरकारलाई सघाउन आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ साउन २०७८, शुक्रबार  १४ : २५ बजे