एनएमबि क्यापिटलका सिइओ घिमिरेको कार्यकाल सकियो, ‘चिफ इन्भेष्टमेण्ट अफिसर’ बनेर बैंक फर्किए


एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकाल पुरा भएको छ । कार्यकाल सकिए पछि घिमिरे क्यापिटलबाट औपचारिक रुपमा बाहिरिएका छन् ।

१० वर्ष क्यापिटलमा समय बिताएका घिमिरे क्यापिटल जानु पहिले एनएमबि बैंकमा कार्यरत थिए ।

क्यापिटलबाट बाहिरिएसँगै घिमिरे फेरी एनएमबि बैंक फर्किएका छन् । चिफ इन्भेष्टमेण्ट अफिसरका रुपमा घिमिरेले रिइण्ट्री गरेका हुन् ।

उता एनएमबि क्यापिटलमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भए पछि कमल नेपाललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।