जीवन बीमा कम्पनीहरुको व्यवसाय झण्डै २९% ले बढ्दा निर्जीवनको १५.३५ प्रतिशतले वृद्धि

0
Shares

गत आर्थिक वर्षमा ३९ वटा बीमा कम्पनीहरुले कुल १ अर्ब ५१ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ तथा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क २८ .७१ प्रतिशत तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १५.३५ प्रतिशतले बृद्धि भएको हो ।

बीमा समितिले साउन १ गते सबै बीमा कम्पनीहरुमा गरेको स्थलगत अनुगमनका आधारमा यस्तो तथ्याङक सार्वजनिक गरेको हो।

समितका अनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १५ हजार ९६४ वटा बीमालेख वापतको २ अर्ब २५ करोड २ लाख बीमा शुल्क दाबी भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै निर्जीवन बीमा कम्पनीहरुले ८६ हजार ४४० वटा बीमालेख वापत २० अर्ब १४ करोड ५१ लाख बीमा मागदाबीको भुक्तानी दिन बाँकि रहेको जनाएको छ

गत आर्थिक वर्ष जीवन बीमा मार्फत ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेखहरु व्यतित भएको समितको भनाई छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।