सेञ्चुरी कमर्सियल बैंकले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने


पछिल्लो समय प्राथमिक निष्काशनमा अधिक आवेदन पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले शेयर आवेदन शुल्क असुल गर्न थालेका छन् ।

यस क्रममा सेञ्चुरी कमर्सियल बैंकले साधारण शेयरको आवेदन गर्ने खातावाहकसँग २५ रुपैयाँ शुल्क लिने भएको छ ।

यस अघि बैंकले शेयर आवेदन गर्दा कुनै शुल्क नलिने गरेकोमा बुधबार सूचना सार्वजनिक गर्दै बैंकले मेरो शेयरबाट कुनै पनि किसिमका शेयर आवेदन गर्दा २५ रुपैयाँ शुल्क लाग्ने जनाएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।