राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ ३३ औं वर्षमा


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।

उक्त अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षरोपण तथा संघको झण्डोत्तलन गरेका थिए।

३२औँ वर्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।

प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए।

वार्षिकोत्सको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ। वार्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत सञ्चालन गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल २०४७ साउन ६ गते स्थापना भएको बैंक भित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो ।

संघले पेशागत हक, हित तथा सस्थाको सम्वर्दनका विषयमा जोडदार आवाज उठाउँदै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।