बीमा कम्पनीलाई घर, जग्गा बाहेकका स्थिर सम्पत्ति खरिद बिक्री गर्दा समितिको स्वीकृत नचाहिने

0
Shares


बीमा कम्पनीहरुले घर, जग्गा बाहेकका स्थिर सम्पत्ति खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृत लिनु नपर्ने भएको छ ।

समितिले घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने जनाएको छ ।

समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई पत्र काट्दै घर जग्गा बाहेकका स्थिर सम्पति खरिद बिक्री गर्दा स्वीकृति लिनु नपर्ने बताएको हो । तर, बीमा कम्पनीहरुले सामान खरिद बिक्री गर्दा आफ्नो नेटवर्थको बढीमा ३० प्रतिशतसम्मको सीमाभित्र रहनुपर्ने समितिको भनाई छ ।
यस अघि कम्पनीहरुलाई सामान खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति अनिवार्य थियो ।

नयाँ व्यवस्था बमोजिम कम्पनीहरुले सञ्चालक समितिबाट स्वीकृत गरेर खरिद विनियम बमोजिम कार्यालय प्रयोजनका लागि आवश्यक (घर/जग्गा)बाहेकका स्थिर सम्पत्ति खरिद÷बिक्रि गर्दा समितिको स्वीकृति आवश्यक नपर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।