मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा


मञ्जुश्री फाईनान्सले १२ हजार ५८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँको दरमा बोलकबोल मार्फत फाइनान्सको संस्थापक शेयरका लागि न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने फाइनान्सले जनाएको छ ।

संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ साउन १४ गते देखि मिति भदौ ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।