सबैको लघुवित्तको नाफा उच्चदरले बढ्दा ईपिएस ५५ रुपैयाँ माथि

0
Shares

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको यसैअवधिमा ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले २३१ प्रतिशतले नाफा बढाएको हो ।

चुक्ता पूँजी २० करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५५.४९ रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार १९६ प्रतिशतले बढाउँदै १२ करोड ८० लाख पुग्दा प्रतिशेयर नेटवर्थ १६२.१३ रुपैयाँ रहेको छ ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले गत असार मसान्तसम्ममा लघुवित्तले ९० करोड २८ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ४० करोड ७५ लाख रुपैयाँ सापटी लिई ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसबाट लघुवित्तले २३ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १५ करोड १३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवकोे यसै अवधिको तु्लनामा खुद ब्याज आम्दानी ४९ र सञ्चालन मुनाफा १७६ प्रतिशतले बढेको हो ।

असार मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात केही बढेर २.२५ प्रतिशत पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.७१, कोषको लागत ५.९३ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।