शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न नेप्सेको अनुरोध

0
Shares

नेपाल स्टक एकसचेञ्ज(नेप्से)ले शेयर लगानीकर्तालाई सहि स्थायी लेखा नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दा अधिंकाश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक हुने गरेको पाईएको हुँदा आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गरी एकिन हुन लगानीकर्तालाई आग्रह गरेको हो ।

नेप्सेले उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभागको साइटमा अप्लोड हुन नसक्ने समेत जानकारी दिएको छ । लगानीकर्ताबाट समेत विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनाँसो समेत आएको नेप्सेले जनाएको छ ।

फरक स्थायी लेखा नम्बर प्रविष्टि गरेको कारण विवरण रुजु नभएमा तथा फरक स्थायी लेखा नम्बरको कारणले लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर नगएमा स्वयं सदस्य दलाल व्यवसायी तथा लगानीकर्ता नै जवाफदेही हुनु पर्ने नेप्से वित्त व्यवस्थापन शाखा अधिकृत सावित्रा केसीले बताईन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।