न्यून आय भएकाको पहुँचमा पुर्याउन एक सय स्थानीय तहमा बीमा कार्यक्रम

0
Shares

बीमा समितिले न्यून आय भएका जनताको पहुँचमा बीमा पुर्याउन एक सय स्थानीय तहमा सचेतना कार्यक्रम गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले न्यून आय भएका जनताको पहुँचमा बीमा पुर्याउन एक सय स्थानीय तहमा सचेतना कार्यक्रम गर्ने लक्ष्य लिएको बताएका हुन् ।

बुधबार रिलायन्स लाइफको दाबी भुक्तानी कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमाको साक्षरता बढाउनका लागि तल्लो निकायसम्म पुग्ने बताएका हुन् । बीमाको साक्षरता अभिवृद्धि गर्नका लागि १ सय वटा स्थानीय तहमा पुगेर सचेतना कार्यक्रम चलाउने लक्ष्य रहेको उनले जानकारी दिए । उनले बीमा कम्पनी काठमाडौँमा मात्रै केन्द्रित नभई ग्रामिण भेगमा समेत जानु पर्ने बताए ।

बीमा समिति कुर्सीमा बसेर तोक लगाउने मात्रै नभई बीमाको पहुँच बढाउनका लागि अघि बढ्ने योजनामा रहेको कुरामा उनले जोड दिए । “पालिका स्तरसम्म गएर बीमा शिक्षा नदिएसम्म दायरा विस्तार हुदैन्, चालु आवमा १०० पालिकासँग सहकार्य गरी कार्यक्रम गर्ने लक्ष्य छ” उनले भने । दिनमा दुई रुपैयाँ मात्रै जम्मा गर्न सक्नेको पनि बीमा हुनु पर्ने उनको भनाई छ । न्यून आय भएकाको पनि बीमा हुनु आवश्यक रहेको उनले बताए ।

लामो इतिहास भईसक्दा पनि बीमाको दायरा बढ्न नसक्नुमा कम्पनीहरु शहर केन्द्रित हुनु, साक्षरताका कायत्र्रmम गर्न नसक्नु प्रमुख कारण रहेको दाबी गरे । कार्यक्रममा बोल्दै उनले कम्पनीहरु काठमाडौँ केन्द्रित हुँदा मात्रै कसरी बीमा बढ्छ प्रश्न गरे ।

उनले ठुलो रकमको बीमा खरिद गर्नुलाई बीमाको परिभाषा भित्र समेट्न नमिल्ने बताए । कुनै पनि कम्पनीमा एउटै मान्छेले १० करोड रुपैयाँको बीमा गर्नुलाई बीमा भन्न नमिल्ने उनको राय छ । उनी भन्छन् “कुनै पनि कम्पनीमा त एउटै मान्छेले १० करोडको बीमा गर्छ, अर्को वर्ष सरेण्डर गर्छ” यो बीमा हैन् ।

कम्पनीहरुले न्यून आय स्तर भएकाहरुलाई समेत लक्षित गरी बीमा योजनाहरु ल्याउनु पर्ने कुरामा जोड दिए । बीमा कम्पनीहरुमा एउटै विभागमा १५ देखि १८ वर्षसम्म एउटै विभागमा काम गर्ने प्रवृत्ति रहेको समेत जानकारी दिए । जसले गर्दा कम्पनीको संस्थागत सुशासन राम्रो नदेखिने उनको भनाई छ ।
बीमा कम्पनीमा दाबी भुक्तानीमा समस्या छ भन्ने कुरा प्रतिवेदन, निजी स्रोतबाट देखिने गरेको उनले बताए । जसमा अण्डरराइटिङ पक्षमा कमजोरी रहेको उनको जोड छ ।

उनले सञ्चालक समिति खाली बैठक बस्नका लागि मात्रै नभएको बताए । कम्पनीको संस्थागत शुसासन कस्तो छ भन्ने कुरामा सञ्चालक समितिले छलफल गर्नु पर्ने बताए । “आफ्नो कम्पनीमा के भई रहेको छ, मेरो कम्पनीको अवस्था के छ, क्लेमको पाटो, अण्डरराइटिङको पाटो के छ छलफल गर्नु पर्छ” उनले भने ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।