अर्थ समितिमा छलफलपछि मात्रै मौद्रिक नीति आउने

0
Shares

व्यवस्थापिका संसदको अर्थ समितिमा छलफलपछि मात्रै मौद्रिक नीति आउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक साता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने बताएपछि समितिले बुधबार छलफल गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको छ । तरपनि सरकार परिवर्तनका कारण निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले जेठ १५ गते अध्यादेश मार्फत ल्याएको बजेट प्रधानमन्त्री शेरबहादुर देउवाले परितर्वन गर्न सक्ने भएकाले केन्द्रीय बैंकले मौद्रिक नीतिमा ढिलाई गर्दै आएको छ ।

तर, सोमबार महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति यो साता भित्र ल्याउने अभिव्यक्ति दिइसकेको अवस्था छ । यसै सन्दर्भमा अर्थ समितिले बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा छलफल गर्ने भएको छ । समितिले नेपाल राष्ट्र बैंकका अधिकारीहरुसंग चालु आर्थिक वर्षको मौद्रिक नीतिका सन्दर्भमा छलफल गर्ने कार्यतालिका समेत तय गरेको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले केहि दिन अघि पत्रकार सम्मेलन गरी आफुले मौद्रिक नीति नरोकेको र राष्ट्र बैंक स्वायत्त संस्था भएको प्रष्टिकरण दिएपछि राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्न तातेको हो । राष्ट्र बैंकले समयमै मौद्रिक नीति ल्याउन नसक्दा पूर्वगभर्नरदेखि अर्थविद्सम्मले आपत्ति जनाइरहेका छन् ।

राष्ट्र बैंकले वित्तीय स्थिायित्व विषेश जोड दिदै मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । कोरोनाका कारण अस्त–व्यस्त भएको अर्थतन्त्रलाई लयमा फर्काउने तथा सो क्रममा हुन सक्ने जोखिम न्यूनीकरणमा विषेश केन्द्रित रहि नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत नीतिगत दरहरुमा समेत परिवर्तन नगरी सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।