करदाता सेवा कार्यालय तौलिहवा कपिलवस्तुमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर


सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नं ०१ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । आन्तरिक राजश्व कार्यालय कपिलवस्तुका प्रमुख कर अधिकृत दिनेश पाण्डेले शाखाको उद्घाटन गरेका छन् ।

त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १० एक्सटेन्सन काउन्टरहरुबाट सेवा दिँदै आएको छ । जसमा ६ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । ८६ स्थानमा एटीएम सेवा दिँदै आएको बैंकले ९० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।